महिला अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

  • सञ्चार लाइभ प्रकाशित : May 30, 2021
  • लिला श्रेष्ठ

-रास्ट्रीय महिला आयोगकी अध्यक्ष कमला पराजुलिले संबिधानमा स्थापित महिला हक अधिकारलाई सरोकारवाला निकायहरूले व्यबहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
तेस्रो रास्ट्रीय महिला अधिकार दिवसको अवसरमा भर्चुअल बैठकको माध्यमबाट अध्यक्ष पराजुलीले महिला अधिकार स्थापित गर्न योगदान गर्नुहुने योगमाया न्यौपाने , मङ्गला देवि सिंह , सहाना प्रधान , शैलजा आचार्यको देनलाई स्मरण गर्दै संबिधानमा भएका कानुनी ब्यवस्थालाई कार्यान्वयन गर्न जोड दिनुभएको हो ।


नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कमला पन्तले उक्त दिवस स्थापना गर्न २०६३ साल जेठ १६ गते तत्कालीन एमाले नेतृ ( रास्ट्रपति ) विद्या
देबी भण्डारीसङ्ग मिलेर दिवस स्थापना गरेको स्मरण गर्दै महिला अधिकार समेतको देन रहेको बताउनुभयो । उहाँले महिलाको आत्मनिर्णय र स्वतन्त्रताको निम्ति आर्थिक सशक्तीकरणमा अघि सार्नुपर्ने बताउनुभयो ।

 

आयोगका सदस्य कृष्ण कुमारी पौडेलले महिला अधिकारका निम्ति विभिन्न आन्दोलनमा होमिएका दिदिबहिनीहरु र अग्रज नेतृहरुको देन नै अहिलेको सम्बिधान भएको बताउनुभयो । मङ्गलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघ गठन गरि महिला आवाज बुलन्द भएको र आजसम्म भएका महिला अधिकारका उपलब्धिलाई कार्यान्वयन गर्न महिला आयोगले दवाब दिने बताउनुभयो । उहाँले हिजो भन्दा आज महिला सशक्तीकरणको क्षेत्रमा केही परिबर्तन त भएको तर निर्णायक तहमा महिला पुग्न नसकेका कारण भनेजती उपलब्धि महिलाले हासिल गर्न नसकेको प्रस्ट पार्नुभएको थियो ।

सम्बिधानमा भएका महिलाका समान हकलाई व्यबहारमा कार्यान्वयन गर्न गराउन  आयोगले दवाब दिने बताउदै दण्ड हिनता अन्त्य गरि हत्या, हिंसा र बलात्कार लाई निर्मुल पार्न रास्ट्रीय महिला आयोग लागि परेको समेत बताउनुभयो । रास्ट्रीय सभाका साम्सद बिमला राइले उपलब्ध भएका महिला अधिकारलाई थप स्थापित गर्न महिला सङ्गठित हुनेपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा उपस्थित अधिकांस न्यायीक समितिका प्रमुखहरुले महिला अधिकार स्थापित गर्न महत्त्वपूर्ण योगदान गर्नुहुने अग्रणी महिलाहरूलाई सम्झदै आगामी दिनमा दिदिबहिनीहरुलाई थप सशक्त बनाउन महिला केन्द्रित कार्यक्रम अघि सार्ने बताउनुभएको थियो।