ओखलढुङ्गा लिखुका सामाजिक सस्थाहरुको सक्रियतामा गामनाङ्गटार कोभिड अस्थायी हस्पिटललाई सहयोग

  • सञ्चार लाइभ प्रकाशित : May 31, 2021
  • SancharLive

-ओखलढुङ्गा जिल्लाकै अग्रणी सस्थाको रुपमा काम गरिरहेका सामाजिक सस्थाहरु गामनाङ्गटार सेवा समाज,पोकली झरना सेवा समाज,एसम सेवा समाज र टारकेराबारी सेवा समाजले बर्तमान अवस्थामा कोभिड महामारीसंग जुध्न अपिल गरे संगै अधिबक्त्ता- सुरेन्द्र बोगटी संयोजक र गुरु केदार बराल सह-संयोजक रहेको “‘कोभिड नियन्त्रण सहयोग समिति” नामक कार्यकारी समिति मार्फत लिखु क्षेत्रका लागि बिभिन्न सहयोग हस्तान्तरण गरेका छन्।

लिखु क्षेत्रमा कोभिडसंग सम्बन्धित समस्या पहिचान गरि उक्त्त समस्यासंग जुध्न पालिका स्तरीय समितिले बिभिन्न क्षेत्रमा सम्पर्क समन्वय गरि आफ्नो पालिका भित्र पोजेटिभ देखिएका बिरामीलाई ब्यबस्थापन गर्ने र समस्या फैलन नदिन पालिका,राजनैतिक दल,संघ -सस्था,सम्बन्धित निकाय सबैसंग सहयोग साथै समन्यवयमा काम गर्दै आएको छ ।

उक्त अभियानमा, लिखु गाउँपालिकामा सक्रिय रहेका सामाजिक सस्था हरु, गाम्नाङटार सेवा समाज, पोकली झरना सेवा समाज,टारकेरावारी सेवा समाज, यसम सेवा समाज, सिंहदेवी सेवा समाज, नर्मदेश्वर सेवा समाज, लेति सेवा समाज सहितका सस्थागत पदाधिकारीहरु सदस्य रहि कार्य प्रारम्भ भैसकेको थियो ।

लिखु कोभिड नियन्त्रण समिति मार्फत गाम्नाङटार स्वास्थ्य चौकीको लागि जम्मा १० वटा आइसुलेशन बेड सहित आवश्यक स्वास्थ्य समाग्रीहरु सम्पूर्ण सेवा समाजको पहलमा संयोजक सुरेन्द्र बोगटीलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको पोकली झरना सेवा समाजका महासचिब शम्भु बरालले जानकारी गराउनु भएको छ।

(सहयोग र -दाताहरु)
(१) पोकली झरना सेवा समाज ४/ थान।
(२) गाम्नाङटार सेव समाज २/ थान ।
(३) टारकेराबारी सेवा समाज २ /थान ।
(४) यसम सेवा समाज २ /थान ।