नापी विभागका कर्मचारी युवराज धितालले गरे,सफलता पुर्बक सगरमाथा आरोहण

  • सञ्चार लाइभ प्रकाशित : May 31, 2021
  • लिला श्रेष्ठ

-नापी विभागका कर्मचारी युवराज धिताल सहित तीन जना भारतीय नागरिक र आठ जना नेपालीले सगरमाथाको आरोहण गरेका छन् ।
आरोहण गर्नेमा भारतीय आरोही अमित कुमार नेगी, निरज चौधरी, सोरङ ताजित रहेका छन् भने नेपाली आरोहीमा फुर्वा दोर्ची शेर्पा, फुर्वा शेर्पा, डेण्डी शेर्पा, नुरी शेर्पाले सफलतापुर्बक सगरमाथा गरेको, आरोहण आयोजक ट्रेकिङ कम्पनी पिक प्रमोसन नेपालका निर्देशक बाबु शेर्पाले जानकारी दिनुभएको छ ।


यस मौसममा सगरमाथा आरोहण अन्तिम चरणमा पुगेको र ९० प्रतिशत आरोहण सम्पन्न भई सकेको बताईएको छ । यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताइएको छ । आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिङ्गी आरोही छन् ।