गामनाङ्गटार सेवा समाजलाई औषधि सहयोग

  • सञ्चार लाइभ प्रकाशित : June 1, 2021
  • लिला श्रेष्ठ

-नेपाली कांग्रेस ओहलढुङ्गाका नेता भूबन भट्टराईले ओखलढुङ्गा जिल्लाकै अग्रणी सस्थाको रुपमा बिभिन्न सामाजिक काम गर्दै आएको गामनाङ्गटार सेवा समाजलाई, औषधि उत्पादन संघका महासचिब विप्लप अधिकारीले उपलब्ध गराउनु भएको कोभिड संग सम्बन्धित औषधि हस्तान्तरण गर्नुभएको छ।
नेपाली कांग्रेस लिखु- काठमाण्डु सम्पर्क समितिलाई सहयोग स्वरूप उपलब्ध भएको उक्त्त औषधि नेता भूबन भट्टराईले गामनाङ्गटार सेवा समाज मार्फत गामनाङ्गटार स्वास्थ्य चौकीलाई उपलब्ध गराउने बताउनु भएको छ। धेरै मुल्य पर्ने औषधि प्रदान गर्नुहुने सहयोगी औषधि उत्पादन संघका महासचिब विप्लप अधिकारीलाई नेता भूबन भट्टराईले धन्यबाद व्यक्त गर्नुभएको छ।

यता नेपाली कांग्रेस लिखु काठमाण्डु सम्पर्क समिति मार्फत अझै अन्य सहयोग उपलब्ध गराउने समितिका सभापति बद्रि कार्कीले बताउनु भएको छ।

गामनाङ्गटारमा कोभिडसंग सम्बन्धित समस्या पहिचान गरि उक्त्त समस्यासंग जुध्न सेवा समाजले बिभिन्न क्षेत्रमा सम्पर्क समन्वय गरि पोजेटिभ देखिएका बिरामीलाई ब्यबस्थापन गर्ने र समस्या फैलन नदिन पालिका,राजनैतिक दल,संघ -सस्था,सम्बन्धित निकाय सबैसंग सहयोग साथै समन्यवयमा काम गर्ने गामनाङ्गटार सेवा समाजक अधक्ष्य चित्र थापाले बताउनु भएको छ ।