अमेरिकामा बस्ने गामनाङ्गटारका दिदीबहिनीले गरे, कोरोना कोषमा सहयोग

  • सञ्चार लाइभ प्रकाशित : June 2, 2021
  • लिला श्रेष्ठ

-ओखलढुङ्गा जिल्लाकै अग्रणी सस्थाको रुपमा बिभिन्न सामाजिक काम गर्दै आएको गामनाङ्गटार सेवा समाज मार्फत, अमेरिकामा बस्ने गामनाङ्गटारका चार दिदीबहिनीले अहिलेको कठिन अवस्था संगै, कोभिड महामारीसंग जुध्न अपिल गर्दै आर्थिक सहयोग गरेका छन् ।
अमेरिकाको बिभिन्न शहरमा बस्ने अन्य नेपाली सहित अमेरिकन नागरिकले समेत उनीहरुको आग्रहलाई स्वीकार गर्दै आर्थिक सहयोग गरेका छन।
अमेरिकाको कोलोराडोमा बस्ने गामनाङ्गटार निवासी दिलकुमारी श्रेष्ठ,सरिता पौडेल,गीता कार्की,निर्मला श्रेष्ठ सहितको नेतृत्वमा आर्थिक सहयोग संकलन गरि सेवा समाजलाई हस्तान्तरण भएको समाजका कोषअधक्ष्य कल्याणचन्द्र भट्टराईले बताउनु भएको छ।
सहयोग गर्नेहरुमा धना पौडेल,शान्ति भुषाल,अजिता काफ्ले,सहित अमेरिकी नागरिकहरु Yonatan sebhat,Satish Reddy लगायत रहेका छन्।
सेवा समाजका कोषअधक्ष्य कल्याणचन्द्र भट्टराईका अनुसार, रु एक लाख सत्ताईस हजार दुई सय एकानब्बे र छयासी पैसा उपलब्ध भएको छ। उक्त्त रकमको आवश्यक स्वास्थ्य सामग्री खरिद गरि सहयोगको उपलब्धि, सम्बन्धित सहयोगी दाताहरुलाई समेत पठाईने समाजका अधक्ष्य चित्र थापाले बताउनु भएको छ।

समाजले ओखलढुंगा जिल्ला स्थित लिखु गाउँपालिका गामनाङ्गटारका बिभिन्न स्थानमा कोभिड फैलिए संगै, नियन्त्रण साथै सहयोगका लागि सार्बजनिक अपिल गरेको थियो। समाजले अमेरिकाबाट सहयोग गर्ने चेलीहरुलाई आत्मीय धन्यवाद समेत भनेको छ।

(हेरौं -संचार लाईभलाई प्राप्त सहयोग रकम डलरमा जस्ताको तस्तै)

-सहयोगका लागि रकम प्रदान गर्नुहुने सहयोगीदाताको विवरण-
-Dil Kumari Shrestha-$201
-Sarita paudel-$150
-Gita karki-$125
-Nirmala Shrestha -$125
-Dhana paudel-$100
-Shanti bhusal-$25
-Ajita kafle -$50
-Yonatan sebhat $100
-Satish Reddy oleti -$100

Donations box -$140
Total $1116 मा मनि ग्राम शुल्क $12 समेत समावेश गरी $1104 को नेपाली रकम रु 127,291.86 ( रु एक लाख सत्ताईस हजार दुई सय एकानब्बे र छयासी पैसा।