कोभिड नियन्त्रणका लागि अस्ट्रेलिया बस्ने गोपाल भट्टराईको सहयोग

  • सञ्चार लाइभ प्रकाशित : June 2, 2021
  • लिला श्रेष्ठ

-ओखलढुङ्गा जिल्लाकै अग्रणी सस्थाको रुपमा बिभिन्न सामाजिक काम गर्दै आएको गामनाङ्गटार सेवा समाजलाई, गामनाङ्गटार घर भई हाल अस्ट्रेलिया बस्नुहुने समाजसेवी गोपाल भट्टराईले रु ५०,००० (पचास हजार) सहयोग गर्नुभएको छ।

गामनाङ्गटारमा कोभिडसंग सम्बन्धित समस्या पहिचान गरि उक्त्त समस्यासंग जुध्न सेवा समाजले बिभिन्न क्षेत्रमा सम्पर्क समन्वय गरि पोजेटिभ देखिएका बिरामीलाई ब्यबस्थापन गर्ने र समस्या फैलन नदिन पालिका,राजनैतिक दल,संघ -सस्था,सम्बन्धित निकाय सबैसंग सहयोग साथै समन्यवयमा काम गर्दै आएको छ ।

आफ्नो जन्म भूमिलाई बिदेशी माटोमा भए पनि नबिर्सिएको र आफ्नै गाउँ-घरका दाजु-भाई-दिदि बहिनीहरुलाई बिपत्ति पर्दा आफुले सकेको आर्थिक सहयोग गरेको उहाँले बताउनु भएको छ। बिभिन्न सामाजिक कामको लागि आर्थिक भौतिक सहयोग गर्दै आउनुभएका गोपाल भट्टराई,समाजसेवी बासुदेब भट्टराईका जेष्ठ छोरा,साथै नेपाली कांग्रेस ओखलढुङ्गाका नेता भूबन कुमार भट्टराईका दाई हुनुहुन्छ।

यता अन्य ब्यक्ति सस्था लगायत संग पनि सम्पर्क समन्वय गरि आर्थिक सहयोगका लागि अनुरोध गर्ने पनि भट्टराईले बताउनु भएको छ।