बिपन्नका लागि स्वास्थ्य नेपालले गर्यो महत्वपुर्ण सहयोग

  • सञ्चार लाइभ प्रकाशित : June 2, 2021
  • लिला श्रेष्ठ

-गरिब साथै निम्न बर्गका लागि बिभिन्न स्वास्थ्य सहयोग सेवा गर्दै आईरहेको, ”बिपन्नका लागि स्वास्थ्य नेपाल” सस्था मार्फत ओखलढुङ्गा जिल्ला स्थित गामनाङ्गटार स्वास्थ्य चौकीका लागि महत्वपुर्ण स्वास्थ्य सामग्री प्रदान गरिएको छ।


गामनाङ्गटार स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रम बीच सस्थाको तर्फबाट सदस्य, लोचन बस्नेत ”सन्तोष” ले लिखु -६- का अधक्ष्य टिकाराम मगरलाई हस्तान्तरण गर्नु भएको ”बिपन्नका लागि स्वास्थ्य नेपाल”का सचिब टेकराज बस्नेतले जानकारी गराउनु भएको छ। अधक्ष्य टिकाराम मगरले स्वास्थ्य सामग्री बुझे लगत्तै गामनाङ्गटार स्वास्थ्य चौकी इन्चार्ज बिजय शाहलाई हस्तान्तरण गर्नुभएको सचिब बस्नेतले बताउनु भयो ।

नेपालका बिभिन्न स्थानमा स्वास्थ्य सम्बन्धित बिभिन्न कार्यक्रम गर्दै आएको ”बिपन्नका लागि स्वास्थ्य नेपाल”ले बिभिन्न दाता मार्फत आएको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

स्वास्थ्य सामाग्री उपलब्ध गराउन बाताबरण बनाउने ”बिपन्नका लागि स्वास्थ्य नेपाल” साथै सम्बन्धित सबैलाई स्वास्थ्य कार्यालय तथा वडा कार्यालय लिखु -६- ले आभार प्रकट गरेको छ। आगामी दिनमा ”बिपन्नका लागि स्वास्थ्य नेपाल” ले अझै स्वास्थ्य सामग्री सहित अन्य कार्यक्रम मार्फत सहायोग गर्ने गराउने प्रतिबद्दता लिएको पनि लिएको छ।