अश्मिताले प्रदान गरिन् महत्वपुर्ण स्वास्थ्य सामग्री

  • सञ्चार लाइभ प्रकाशित : June 3, 2021
  • लिला श्रेष्ठ

-ओखलढुङ्गा जिल्लाकै अग्रणी सस्थाको रुपमा काम गरिरहेको सामाजिक सस्था गामनाङ्गटार सेवा समाज मार्फत, ओखलढुंगाको गामनाङ्गटार स्वास्थ्य चौकीको लागि,महत्वपुर्ण स्वास्थ्य सामग्री प्रदान गरिएको छ।


अनेरास्ववियु केन्द्रीय सचिबालय सदस्य,अश्मिता थापाको पहलमा संकलन गरिएको अक्सिजन कन्सोलटेट्रर-थान १, अक्सिजन सिलिन्डर -३ थान, प्लस-अक्सिमिटर-१ थान, उपलब्ध गराईएको छ। गाम्नाङ्गटार सेवा समाजको अनुरोधमा बिद्यार्थी नेता अश्मिता थापाले सामग्री संकलन पहल गरेकी हुन्। उक्त्त सामग्री सेवा समाजलाई उपलब्ध भएको अधक्ष्य चित्र थापाले बताउनु भएको छ।

सेवा समाज मार्फत गामनाङटार स्वास्थ चौकिको लागि आफुले पहल गरेर पठाएको स्वास्थ्य सामग्री, महत्वपुर्ण भएको कारण बिज्ञ मार्फत संचालन भई बिरामीले सेवा पाउने आशा रहेको थापाले बताएकी छन्। उनले स्वास्थ सेवा बिभागलाई धन्यबाद दिंदै आफ्नो गाउँका जनताको मुहारमा खुसि ल्याउन पाइयोस् भनेर आफुले प्रयोग गर्ने सामाजीक संजालमा समेत आफ्नो भावनात्मक बिचार राखेकी छन्।