युबा नेता पदम बरालको सक्रियता-चम्पादेबीको दुखमा मल्हम पट्टि

  • सञ्चार लाइभ प्रकाशित : June 4, 2021
  • लिला श्रेष्ठ

-ओखलढुङ्गा चम्पादेबीबाट बिभिन्न पेशा ब्यबसाय गर्न काठमाण्डौ आएर बसेका युबाहरुलाई कोभिड संगैको देशको दुख मनमा बिझिरहेको थियो। तर सरकारको अनुरोधलाई मान्नु पर्ने बाध्यताले उनीहरु घरमै थिए । देशका बिभिन्न क्षेत्रमा देखिएको त्रासले यी युवाहरुलाई आफ्नो माटोमा पनि त्यही अवस्था हुने होकी भन्ने पिर बस्नु स्वाभाविक हो।
साथीभाई गफिदै गर्दा केहि गरौँ भन्ने भावना सबैमा देखिएपछि अहिलेको अवस्थामा स्वास्थ्य सामग्री नै महत्वपुर्ण हुने निष्कर्ष सहित “‘स्वास्थ्य सामाग्री संकलन अभियान” नाम दिएर युवाहरुले बिभिन्न क्षेत्रका व्यक्त्तिहरुलाई आर्थिक साथै स्वास्थ्य सामग्री प्रदान गर्न अनुरोध गरे।

अभियान क्रमश अगाडि बढ्दै गयो। अझ बृहद समिति बनाएर औपचारिक रुपमै काम गर्न सके रिजल्ट राम्रो आउने देखेपछी चम्पादेबीका संगीतप्रेमी सक्रिय युबा नेता, पदम बरालको संयोजकत्वमा एघार सदस्य रहेको राहत संकलन समिति तयार भएको छ। समितिले नयाँ सदस्य थप्ने तयारि गरिरहेको पनि संयोजक पदम बरालले बताउनुभएको छ।

समितीमा संयोजक -पदम बराल सहित सह-संयोजक- राजेन्द्र पुडासैनी, सचिब- रमेश कुमार घिमिरे,कोष-अधक्ष्य – गौरब थापा, साथै सदस्यहरुमा, केदार राज पुडासैनी,निराजन पौडेल, खेम मिश्र, सुरेश थापा,शेर बहादुर मगर,धन बहादुर श्रेष्ठ,अस्मिता थापा छन्।

संयोजक पदम बरालका अनुसार अहिले सम्म झण्डै पांच लाख बराबरको आर्थिक सहयोग जुटेको र आवश्यक स्वास्थ्य सामग्री सहित चाम्पादेबी गाउँ पालिकामा रहेका एघार हेल्थ युनिटलाई समान ढंगले स्वास्थ्य सामग्री बितरण गरिने संयोजक बरालले जानकारी गराउनु भएको छ। उहाँका अनुसार एउटा हेल्थ युनिटमा निम्न स्वास्थ्य सामाग्री सहयोग गरिनेछ।
1) थर्मल गन-1
2) अक्सिमिटर-1
3) नेबोलाईजर मेसिन-1
4) डिजिटल प्रेस्सर मेसिन-1
5) पिपिई – सेट-2 थान
6) मास्क-500
7) सेनिटाईजर- 5 लिटर
8)पन्जा-1 पाकेट
9) साबुन-50 पिस
10) फेस शिल्ड- 10 पिस
11) औषधि -1 कार्टुन (रु.6000)बराबर।

-यो खबर तयार पार्दा सम्म सहयोग संकलन भईरहेको र स्वास्थ्य सामग्री लिएर सम्पुर्ण स्वयंसेवक फिल्डमा जानुभएको संयोजक पदम बरालले जानकारी गराउनु भएको छ।