चल्लाले बिउ खाए पछि बालकुमार र कबितालाई भयो तनाब

  • सञ्चार लाइभ प्रकाशित : June 6, 2021
  • लिला श्रेष्ठ

-दिनराती छ माया लाको
भोकै भानि फिल हुन्छ अघाको–
-धेरै बर्षदेखी उनी नेपाली दोहोरी क्षेत्रको रंगीन दुनियाँमा छिन। सानै देखि कला क्षेत्रमा रुचि राख्ने उनी राम्रो नृत्य पनि गर्छिन। अहिले दोहोरी गीतको क्षेत्रमा आफ्नो नाम जमाउंदै गरेकी गायिका हुन् कबिता खत्री।

ओखलढुङ्गा लिखुकी कबिताले भर्खरै युटुब मार्फत ”बिउ खायो चल्लैले” नाम दीएको दोहोरी गीत आफ्ना दर्शक श्रोता माझ प्रस्तुत गरेकी छिन। उनि मात्र छैनन गीतमा-नेपालकै चर्चित लोकदोहोरी गायकको छबि बनाएका ऒखलढुङ्गेलि छोरा बालकुमार श्रेष्ठ पनि छन्। यो गीतका संकलन/संगीत उनै बालकुमार श्रेष्ठले गरेका हुन्।
ओखलढुंगेली कलाकार बाल कुमार श्रेष्ठ र कविता खत्रीको फरक स्वादको नयाँ दोहोरी गीत ‘विऊ खायो चल्लैले’ राम्रै ब्यबसाय गर्ने संगीत क्षेत्रका पारखीहरुले गरेका छन् ।

स्मिता स्नेहा इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको गीतमा बाल कुमार श्रेष्ठ र कविता खत्रीले सहकार्य गरेका छन् । सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्राफि रहेको भिडियोलाई विशेष बनाउन भिडियो टीमले धेरै मेहनेत गरेको देखिन्छ ।
गीत सुन्न मात्र हैन हेर्न साथै,रमाईलोको लागि मजाले नाचेर पनि मनोरंजन लिन सकिन्छ। गीत सफलताको शुभकामना बालकुमार /कबिता

हेरौं भिडीयो
(नोट-गीत हेर्नको लागि लाईभ रेडियो अफ गरेर हेर्नुहोला)

(main foto by-hamroawajnews)