अमेरिकाबाट मोडलिङ्ग क्षेत्रमा रमाउन कोशिस गर्दैछन गोपाल भट्टराई

  • सञ्चार लाइभ प्रकाशित : June 7, 2021
  • लिला श्रेष्ठ

-नाताले चर्चित फिल्म निर्देशक श्याम भट्टराईका भाई हुन् गोपाल भट्टराई। दाई फिल्म निर्देशक भएकै कारण पनि फिल्मी दुनियाँको सपना देख्नु कुनै नौलो बिषय भने हैन। तर पनि बिभिन्न कारणले उनि फिल्म क्षेत्रमा भने गएनन्। तर अहिले उनको परिचय बदलिने भएको छ। चट्ट मिलेको जिउडाल,अभिनय कलाका धनि गोपाल अब मोडलिङ्ग क्षेत्रमा जम्ने कोशिस गर्दैछन्। अहिले उनि अमेरिकामा नै बस्छन।

अमेरिकाको बसाईमा खालि रहेको समयलाई उनले अब मोडलिङ्गकै लागि सदुपयोग गर्ने भएका छन्। बेग्लै स्वभाब भएका भट्टराईको बाल्यकाल बुबाआमा संगै ओखलढुंगामा बितेको हो। हिजोदेखि आजसम्म सुदुर गाउँबाट सुन्दर भबिस्य खोज्न राजधानी झर्नेको लर्को छ।उनि पनि त्यहि लर्कोमा मिसिदै राजधानी झरेका हुन। उनि संगै आएका धेरै साथीलाई समयको भेलले कता बगायो यकिन थाहा नभए पनि सोचे जस्तो जिबन कसैको हुदोंरहेनछ उनलाई लागेको छ । परिवारको साथ् छोडेर विदेशिनुको पिडा त छदैछ, त्यसमा पनि देश,परिवेश,अनि परिवारको मायाले अति सताएको उनि भन्छन।

सानैबाट अभिनयमा सामान्य दखल राख्ने उनले ,कलाकारिताका रहरलाग्दा पालुवालाई अब भने मोडलिङ्गको माध्यमबाट शसक्त बनाउने योजना बनाएका छन् । ओखलढुंगाबाट राजधानी छिर्दा जुन सुन्दर जिबनको परिकल्पना गरेका थिए, त्यस्तै बर्तमान त बनिसकेको छैन तर भोगिरहेको जिबन बनाउन भने धेरै संघर्ष गरेको उनि बताउछन। राजधानीकै अनेक संघर्षले उनलाई अमेरिकाको यात्रामा निकाल्यो । नेपालमै बसेर कलाकारिता क्षेत्रमा केहि गरौ भन्ने उनको सोचलाई अमेरिका यात्राले अलिकति पछाडी धकेली दिए पनि अब भने उनले आफु भित्र भएको कलालाई दबाएर नबस्ने उनले बताएका छन्।

जिबन यात्रा र त्यहि यात्रालाई सफलताका साथ् कुदाउन उनले गरेको कलाकारिताको प्रेम भने बर्णन गर्न लायकको नै छ। उनलाई अब मनको डायरीमा आफु भित्र भएको कलालाई लुकाएर राख्नुको कुनै अर्थ छैन जस्तो लागेको छ र उनले अब त्यो डायरी खोल्दै छन्। केहि नेपाली फिल्ममा सामान्य अभिनय गरिसकेका उनि म्युजिक भिडियोमा देखिने कोशिस गरिरहेका छन्। उनको अबको यात्रालाई हाम्रो पनि शुभकामना ।

हेरौ मोडल गोपाल भट्टराईको फोटो कथा :-