गोबिन्द प्रधान ”क्षितिज” का दुई किस्सा

  • सञ्चार लाइभ प्रकाशित : June 24, 2021
  • गोबिन्द प्रधान ''क्षितिज''

१ -डर नै डर-

डर नै डरले बिति रहेछ जीवन
अशान्त र बिचलित भईरहन्छ मन ।
डराएर हिम्मत भागी सक्यो झन
कालसंगै लुरुक्क जानु नि भा छैन ।।

बुझ्नेले बुझिसके भोग्नेले नि भोगीसके
तै पनि कोही अझै किन बन्दैछ लाचारी ।
पाउनेले दुख पाईसके गुमाउनेले गुमाईसके
तै पनि अझै खुल्दैन चेत मानिसको यसरी ।।

कति पिउनु तातो पानी कति लिनु बाफ
कति खानु जडिबुट्टी कति बेसार पानी ।
कति बस्नु टाडा कति लाउनु मास्क पनि
त्यसैले सुधारौँ आफ्नो दैनिक आनीबानी ।।

 

२- यो के भयो:-

कस्तो आयो आज भोली समय पनि
थररी बनाउँछ, ठुलो सानो कोही नभनी ।
कति खेर के हुने हो, छैन केही पत्तो पनि
कति बस्नु जेलसरी, कति धुनु हात पनि ।।

जोगी देखी भैंसी, भैंसी देखी जोगी डर
कति बस्नु टाडा, आफ्नै खसम संग पनि ।
कति छोप्नु मुख, न देख्न सकिने न छुन पनि
मुखमा माड लाउनै पर्‍यो जति डर लागे पनि ।।

नडराए नि भा छैन डराएर पनी भा छैन
रोग ठुलो की भोक, सकिदैन भोकै मर्नु पनि ।।
के गर्ने हो कसो गर्ने हो केही थाहा छैन
के गरेर बांच्ने होला, जिउने कसरी बांचे पनि ।।

संधै अंगालोमा बेरिने आज किन बैरी भयो
क्रिम पाउडर छ की छैन लाली पनि सुकी गयो ।
भेट कहिले हुने हो आश पनि क्षण हुंदै गयो
परेवाको जोडी पनी बिछोडिएर टाढा भै गयो ।।

 

गोबिन्द प्रधान ”क्षितिज”
जिल्ला-भोजपुर
सेवा-हाल नेपाल प्रहरी