माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

  • सञ्चार लाइभ प्रकाशित : June 25, 2021
  • SancharLive

२०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । नेकपा एमालेमा प्रवेश गरेका उनीहरूको पद रिक्त भएको निर्वाचन आयोगले शुक्रबार सूचना जारी गरेको छ ।

रौतहटमा ७, कैलालीमा ४, सिरहामा, ओखलढुंगामा र महोत्तरीमा एक-एक जना जनप्रतिनिधि रिक्त भएका छन् छन् । असार ७ गते बसेको माओवादीको केन्द्रीय समितिको बैठकले पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय निर्वाचन आयोगलाई पठाएको थियो ।

 

पद गुमाएका जनप्रतिनिधिहरु