नयाँ रुख रोप्नेमा चीन अगाडि

  • सञ्चार लाइभ प्रकाशित : June 28, 2021
  • SancharLive

 विश्वमा नयाँ रुख रोप्ने देशहरुमा चीन अगाडि रहेको पाइएको छ ।

विभिन्न मुलुकभन्दा चीन वृक्षरोपणमा अगाडि देखिएको हो । स्याटलाइटबाट लिइएका तस्बिरहरुको मूल्याङ्कनले नयाँ रुख रोप्ने मुलुकमा चीन सबैभन्दा अगाडि रहेको पुष्टि भएको हो ।

सन् २००० देखि २०१७ का बीच नयाँ रुखहरु रोप्नमा विश्वभरबाट चीनको योगदान एक चौथाइभन्दा बढी रहेको पाइएको छ । यस सम्बन्धी आधिकारिक कागजातमा नयाँ वृक्षारोपण गर्नमा चीनलाई विश्वका अरु मुलुकले पछ्याउन नसकेको पाइएको छ ।

चीनले कार्बनडाइअक्साइड उत्सर्जनमा पनि सफलता प्राप्त गरिरहेको छ । चीनले २००५ को तुलनामा २०२० मा कार्बनडाइअक्साइड उत्सर्जनमा ४८.४ प्रतिशत गिरावट ल्याएको पाइएको हो ।

जसका कारण चीनको ग्रिनहाउस ग्यास उत्सर्जनमा कमी ल्याउने लक्ष्य पूरा भइसकेको छ । चीनले यसअघि ४० देखि ४५ प्रतिशतले उत्सर्जन कम गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता पूरा गर्दै चीन विश्वमा नयाँ बिरुवा रोप्ने मुलुकको पहिलो नम्बरमा पर्न सफल पनि भएको हो ।