गायक राजु ढुङ्गेलको पहलमा अमेरिकाबाट बिरामीलाई आर्थिक सहयोग

  • सञ्चार लाइभ प्रकाशित : August 15, 2021
  • SancharLive

ओखलढुंगाको लिखु गाउपालिका–६ गाम्नाङटारका ३४ वर्षीय चेत बहादुर श्रेष्ठ,अहिले रक्त क्यान्सर जस्तो घातक रोगसंग जुधिरहेकाछन् ।

बिगत लामो समय देखि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भई उपचार गराई रहेका उनले आर्थिक अवस्था कमजोर भएका कारण सबैसंग जीवन रक्षाको आग्रह गरिरहेका छन् । क्यान्सर उपचारको लागि झण्डै ३५ लाख भन्दा माथि खर्च लाग्ने देखिएको कारण विभिन्न संघ संस्था व्यक्त्ति लगायतसंग उनले सहयोगको अपिल गरेका छन् ।


ओखलढुंगाको गाम्नाङटार सहित अन्य स्थानका सामाजिक संघ-सस्था,व्यक्त्तिहरुले आर्थिक सहयोग उपलब्ध गराईरहेको उनले बताएपनि चाहिने जति पैसा अपुग भएको कारण उनमा अझै चिन्ता थपिएको छ। ।
देश विदेशबाट सहयोग रकम जुटिरहेकै बेलामा अमेरिका बस्ने नेपालीहरुले पनि क्यान्सर पिडित श्रेष्ठलाई सहयोग गरेका छन्। हाल अमेरिका बस्ने, गायक समेत रहेका ओखलढुङ्गा लिखु,पोकली निवासी राजु ढुङ्गेलको पहलमा रु (१ लाख १२ हजार ३ सय ७१) – प्राप्त भएको पारिबारिक श्रोतले जानकारी गराएको छ।
गायक ढुंगेलले सहयोग स्वरुप पठाएको रकम ओखलढुङ्गा जिल्ला नेपाली कांग्रेस नेता समेत रहनुभएका खिजिदेम्बा गाउँपालिका अधक्ष्य बेद बहादुर रोकाले बिरामीलाई हस्तान्तरण गर्नुभएको छ। उहाँले सहयोगी महानुभाब साथै गायक राजु ढुङ्गेललाई धन्यबाद समेत प्रकट गर्नुभएको बिरामीका आफन्त बिकास श्रेष्ठले बताएका छन्।

-राजु ढुङ्गेलबाटप्राप्त सहयोग मध्ये उहाँकै आग्रहमा रु ५०,००० केहि समय अगाडी ब्रेन ह्याम्रेज भई ज्यान गुमाएका ओखलढुङ्गा खिजिदेम्बा रंगनिका युबा रबिन रोकाको परिवारलाई सहयोग स्वरूप प्रदान गरिएको छ।
(अमेरिकाबाट प्राप्त सहयोग-डलरमा-)

१) राजु ढुङेल- 110$
२ प्रेमराजा महत (बाणिज्य दुत)- 75$
३)सृजना बिरहि थापा- 101$
४)राजन ठकुरि – 101$
५) बिमल डागि- 50$
६) प्रबिण भन्डारि -100$
७) बिनोद खड्का -100$
८) यल्सन भट्ट -50$
९) रमेस श्रेष्ठ – 51$
१०) श्री गुरुङ -50$
११) चुडामणि घिमिरे -100$
१२) चुडामणि शर्मा – 50$
१३) सुबास पोख्रेल -50$
१४) लाक्पा डेन्डि शेर्पा
१५) सुरज राउत (अस्ट्रेलिया)-51$
१६) बसन्ता रुपाचा -51$
१७) रबिन्द्र खड्का- 51$
१८) राम प्रसाद घिमिरे -50$
१९) अरुण सिह ठकुरि-51$
२०) अनिल बज्राचार्य – 30$
२१) मान बहादुर भुजेल – 21$
२२) शोभा कान्त पान्डे- 21$
२३) अड्रीन ढेवाजु-20$
२४) बिमल पोख्रेल – 20$