उद्योग बाणिज्य तथा ब्यापार समन्वय समिति सदस्यमा मनोनीत भए वाग्ले

  • सञ्चार लाइभ प्रकाशित : August 15, 2021
  • SancharLive

ओखलढुङ्गा जिल्ला सिद्दिचरण नगरपालिका ज्यामिरे निवासी तरुण नेता, बिकास कुमार वाग्लेलाई नेपाली कांग्रेस केन्द्रिय तरुण बिभागले उद्योग बाणिज्य तथा ब्यापार समन्वय समिति सदस्यमा मनोनीत गरेको छ।


सेक्युरिटी कम्पनी लगायत अन्य ब्यबसाय सहित सामाजिक,राजनैतिक सेवामा होमिएका वाग्ले पछिल्लो समयमा नेपाली कांग्रेसको तरुण राजनीतिलाई पनि सक्रियताका साथ् निरन्तरता दिंदै आएका छन्। सामाजिक अभियन्ताको गतिलो छबि बनाईसकेका बिकास कुमार वाग्लेले आफु आबद्द सेक्युरिटी कम्पनी मार्फत ओखलढुंगाका झन्डै तीनसय भन्दा बढि युवाहरुलाई प्रत्यक्ष्य-अप्रतक्ष्य रुपमा रोजगारी दिएका छन्।

राजनैतिक,सामाजिक चासो बढि राख्ने वाग्लेलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य,पूर्व मन्त्री समेत रहेका तरुण बिभाग प्रमुख शंकर भण्डारीले उद्योग बाणिज्य तथा ब्यापार समन्वय समिति सदस्य पदमा मनोनीत गरेका हुन्।