तेक्वान्दो संघ ओखलढुङ्गाको परिचयात्मक कार्यक्रम सम्पन्न

  • सञ्चार लाइभ प्रकाशित : August 25, 2021
  • SancharLive

नेपाल तेक्वान्दो संघ, जिल्ला कार्य समिति ओखल्ढुङ्गाले एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्नो सक्रिय सस्थागत भूमिका निर्बाह गरेको छ। नेपाली कांग्रेसका नेता कार्यकर्तासंग सस्थागत परिचय गर्ने उदेश्यले गरिएको उक्त्त कार्यक्रम कांग्रेस नेता साथै संबिधान सभा सदस्य रामहरी खतिवडाको प्रमुख आतिथ्यतामा भएको थियो।


काठ्माण्डुको शान्तिनगर स्थित ईमिलि एकेडेमीमा भएको कार्यक्रममा कांग्रेस जिल्ला कार्य समिति सभापति प्रदिप सुनुवार सहित बिभिन्न पदीय हैसियत राख्ने कांग्रेसहरुको सक्रीय उपस्थिति रहेको थियो।
नेपाली कांग्रेसको अधिबेशन नजिकिदै गएको यस परिस्थितिमा कार्यक्रममा बोल्ने बक्त्ताहरुले खेल र खेलाडी देशको पहिचान साथै राष्ट्र चिनाउने एक माध्यम भएकोले,राज्यले खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।


कार्यक्रम नेपाल तेक्वान्दो संघ, जिल्ला कार्य समिति ओखल्ढुङ्गाका अधक्ष्य विश्वराज राईको सभापतित्वमा सम्पन्न भएको थियो।