पुर्बेली संगीतकर्मीहरुको पहिलो भब्य जमघट

  • सञ्चार लाइभ प्रकाशित : August 29, 2021
  • लिला श्रेष्ठ

हाम्रो देश विकाशोन्मुख छ ।अनेक बिकासका पर्यायहरुले हामी भित्र भएका धार्मिक,सांस्कृतिक,परम्परागत,सांगीतिक पक्ष भने ओझेलमा पर्दै गइरहेका छन् । खास गरि नेपालमा पश्चिमा संस्कृतिको प्रभाबले हाम्रा मौलिक सस्कृतिहरु हराउदै गइरहेका छन् । यसमा पनि नेपालको पुर्बी भेगमा आफ्नो मौलिक भाषा सहितको पुर्बेली गीत संगीत अतिक्रमित साथै मौलिकता बिहिन भएको भन्दै जगेर्ना गर्ने उदेश्य सहित संगीत क्षेत्रमा लागेका हस्तीहरु बचाउन लागि परेका छन्।

चर्चित गायक/संगीतकार/सस्कृतिकर्मी -शम्भु राई,जितेन राई,सत्यकला राई,आभा मुकारुङ्ग,नबिन ढुंगेल,शान्तिराम राई, शुभ मुकारुङ्ग डा- भक्त्त राई सहितको उपस्थितिमा पुर्बेली गीत-संगीतको चर्चा सहित यसको मौलिकता जोगाईराख्न सकेसम्मको प्रयास गर्ने र आगामी दिनमा सस्थागत भएर बिभिन्न कार्यक्रम सहित अगाडि बढ्ने कार्यक्रमका संयोजक चर्चित संगीतकार डीआर अटूले बताउनु भएको छ।

उक्त्त कार्यक्रमकै शिलशिलामा १५ सदस्य सहितको तदर्थ समिति निर्माण समेत गरिएको छ । डिआर अटु संयोजक रहेको उक्त्त समितिमा सह-संयोजक-अशोक मुकारुङ्ग ,सचिब-भवानी बिक्रम सम्बाहाम्फे,सह-सचिब-अनिल कोयु राई,कोषअधक्ष्य-मेचु धिमाल, सदस्यहरुमा दिनेशकाजी बान्तवा,सुमन राई,लिला श्रेष्ठ,बबिना किराती,अमृता लिम्बु,कुशल थलंग,राजु कार्की,जितेन बान्तवा,बबिता राई सहित १५ सदस्य रहेको समिति सार्बजनिक गरिएको छ। उक्त्त समितिले बिधान निर्माण साथै समन्वयको काम गर्ने सह-संयोजक अशोक मुकारुङ्गले बताउनुभएको छ।

-कार्यक्रमका प्रतिनिधिमुलक तस्बिरहरु-

-हेरौं कार्यक्रमको बारेमा संयोजक डीआर अटु र सह-संयोजक संगको कुराकानी- -भिडियो साभार–Silichung TV सिलिचुङ्ग टेलिभिजन