उत्तर कोरियाले गर्‍यो १५ सय किलोमिटर दूरी तय गर्न सक्ने मिसाइल परीक्षण

  • सञ्चार लाइभ प्रकाशित : September 13, 2021
  • SancharLive

उत्तर कोरियाले लामो दूरी तय गर्न सक्ने मिसाइलको सफल परीक्षण गरेको जनाएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले शनिबार र आइतबार दुईवटा नयाँ प्रकारका लामो दूरीका क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी गरेका छन् ।

यी मिसाइलले १५०० किलोमिटर टाढाको दूरी तय गर्न सक्ने बताइएको छ ।

उत्तर कोरियाले पछिल्लो पटक गएको जनवरीमा क्रुज मिसाइलकोको परीक्षण गरेको थियो जतिबेला जो बाइडनले अमेरिकाको राष्ट्रपति पदको शपथ लिएका थिए ।

ब्यालेस्टिक मिसाइल र परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ ।