ओखल्ढुङ्गाका गायक बुद्दि सुवेदीले गाएको गीत चर्चाको शिखरमा

  • सञ्चार लाइभ प्रकाशित : September 20, 2021
  • SancharLive

ओखलढुङ्गा लिखु -पोकली निवासी बुद्धी सुवेदीले पुर्वेली भाकामा आधारित, सिन्कौलीको पात बोलको गीत नेपाली लोक संगीत बजारमा प्रस्तुत गरेका छन् । साहित्यमा रुचि राख्ने गायक सुवेदी राम्रा शब्द चयन गरेर समसामयिक लेखनमा पनि माहिर मानिन्छन।
पूर्व शसस्त्र प्रहरी समेत रहेका सुबेदी,प्रहरी संगठन भित्र पनि चिनिएका संगीतकर्मी हुन्। उनकै संकलनमा तयार भएको उक्त्त गीतको संगीत संयोजन बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन् भने गीतमा आवाज आफैंले भरेका छन्।


ओएसार म्युजिक कम्पनीको युटुब च्यानल मार्फत बजारमा आएको गीतको भिडीयो पनि उत्कृष्ठ बनेको छ। गीतमा कलाकार, सुरविर पण्डित , रिया लामा, एमबी गुरुङ तथा कृष्ण विके लगायतका कलाकारको नृत्य हेर्न सकिन्छ । दिपक गुरुङको सिनेमाटोग्राफी रहेको सो भिडियोको निर्देशन एमबी गुरुङले गरेका हुन् ।

पुर्वी पहाडी जिल्लाहरुमा गाईने पुर्वेली भाकामा आधारित उक्त्त गीत हेर्नुहाेस् भिडियाे मार्फत –