ओखल्ढुङ्गाको लिखु -९-पोकली नेपाली कांग्रेस वडा कार्य समितिले सम्पन्न गर्यो भेटघाट कार्यक्रम

  • सञ्चार लाइभ प्रकाशित : September 20, 2021
  • SancharLive

ओखलढुङ्गा जिल्ला स्थित लिखु गाउँपालिका वडा नम्बर -९- नेपाली कांग्रेसको बर्तमान नयाँ वडा कार्य समितिले लिखुगाउँ पालिका स्तरीय भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। काठमाण्डौमा उपलब्ध लिखु कांग्रेसका नेता कार्यकर्ता सहित जिल्लाका नेताहरु उपस्थित उक्त्त कार्यक्रम कलंकीको अम्ब्रेल्ला पार्टी प्यालेसमा गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप सुनुवार प्रमुख अथिति थिए भने संबिधानसभा सदस्य रामहरि खतिवडा,ट्रेड युनियन नेता खिलानाथ दाहाल बिशेस अतितिको रुपमा मंचासिन थिए। हुन लागेको महाधिबेशनका लागि सम्पन्न वडा अधिबेशन पछि जिल्लामै पहिलो पटक नयाँ वडा कार्य समितिले उक्त्त भेटघाट कार्यक्रमको आयोजना गरेकोमा सबै नेताले वडा समिति पोकलीलाई धन्यबाद भनेका छन्।

वडा समितिका नब निर्बाचित अधक्ष्य भूबन खत्रीको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्त्ताहरुले कांग्रेस एक ढिक्का हुनुपर्ने र आगामी महाधिबेशनबाट देशकै ठुलो पार्टिको रुपमा स्थापित हुनुपर्नेमा जोड गरेका छन्। गुट उपगुटले कांग्रेसको आन्तरिक जीबन खल्बलिएको भन्दै सबैले चिन्ता समेत व्यक्त्त गरेपनि कार्यक्रममा उपस्थितहरुले ओखलढुङ्गामा अहिलेसम्म कांग्रेस हारको कारण नै पहिलो स्तरका नेता भएको आरोप लगाएका छन् । यता प्रमुख अतिथि प्रदिप कुमार सुनुवारले केहि सक्रिय सदस्यहरु पैसाको लेनदेनको आधारमा भएको भन्ने आरोप सम्म लगाएका छन्।

कार्यक्रम नेपाली कांग्रेस लिखुका नेता पशुपति सुनुवारले संचलान गरेका थिए भने कार्य समिति सचिब शैलेश ढुङ्गेलले उपस्थित सबैलाई स्वागत गरेका थिए।
यता सुरेश खत्री सभापति सहित १९ सदस्य रहेको लिखु -९ पोकली- काठमाण्डौ सम्पर्क समिति समेत निर्माण गरिएको छ।

—-हेरौं कार्यक्रमका प्रतिनिधिमुलक तस्बिरहरु-