लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल ओखलढुङ्गाको नबौं बार्षिक साधारण सभा सम्पन्न

  • सञ्चार लाइभ प्रकाशित : September 30, 2021
  • SancharLive

रास्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति ओखलढुङ्गाले आफ्नो नबौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। काठमाण्डौ सितापाईला स्थित एक रेष्टुरेन्टमा आयोजित कार्यक्रम, रास्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान प्रदेश एक संयोजक गायक पुष्कल शर्माको प्रमुख आतित्यथामा सम्पन्न भएको हो।
कार्यक्रममा लोक गायक नबीन ढुंगेल सहित रास्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालका बिभिन्न जिल्ला स्थित पदाधिकारी,सदस्य,सस्थाको बिभिन्न पदमा रहेका व्यक्त्तिहरु, गायक,गायिका,मोडल,सहित ओखलढुङ्गा प्रतिष्ठानका सदस्य लगायत शुभचिन्तकहरुको उपस्थिति रहेको थियो। साधारण सभामा कोषअधक्ष्य दिर्ग गदाईलिले सस्थाको आय-ब्यय बिबरण प्रस्तुत गरेका थिए भने सचिब तिलक सुनुवारले कार्यक्रम संचालन गरेका थिए।
साधारण सभामा शुभकामना दिने प्राय अतिथिले ओखलढुंगा शाखाको भबिश्य उज्वल रहेको र अहिले सम्म देशमै सक्रिय शाखाको रुपमा देखिएको बताएका थिए। रास्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति ओखलढुङ्गाले बिभिन्न समयमा बिशेष सास्कृतिक साथै सांगीतिक कार्यक्रम गर्दै आएको छ।
सस्थाले बिभिन्न अप्ठेरोका बाबजुद पनि काम गर्दै रहेको र आगामी दिनमा कला-सस्कृति बचाउन साथै पुराना कलाकारलाई सम्मान सहित नयाँलाई प्रोत्साहन सहितको बाटोमा अगाडि लैजान बिभिन्न खाले कार्यक्रम गर्ने प्रतिष्ठानका सिनियर उपाधक्ष्य चर्चित लोक गायक बालकुमार श्रेष्ठले बताएका छन्।
कार्यक्रम सस्थाकी अधक्ष्य सपना सुनामको सभापतित्वमा सम्पन्न भएको हो।

(नबौं बार्षिक साधारण सभा कार्यक्रमका प्रतिनिधिमुलक तस्बिरहरु)-