~हद नाग्याे “महाराज !”~

  • सञ्चार लाइभ प्रकाशित : October 2, 2021
  • देवशङ्कर पाैडेल
चाैतारीमा बाबा भेटिए !
भञ्ज्याङमा बाबा भेटिए ।
नुन खाऊँ बाकाे फाेटाे, पशुपतिमा सुन ।
खानेपानी बाेतलमा, बा भेटिए झन ।।
विजुलीका खम्बै पिच्छे, बाकाे प्रति रूप ।
ब्यानर र भित्तै भरी, बाकै छ, स्वरुप ।।
चाैतारीमा बाबा भेटिए !
भञ्ज्याङमा बाबा भेटिए ।
पितृ पक्ष, साेह्र सराद, पिण्ड तर्पण् तिथि ।
सक्कली बा विर्सी गर, सराद यत्रैसिति ।।
घैया रुग्ने जुलुङ्गाे कि, बुख्याचाकाे रुप ।
भद्दा अनि कुरुपिलाे, किङ्कर स्वरुप ।।
चाैतारीमा बाबा भेटिए !
भञ्ज्याङमा बाबा भेटिए ।
गति मति यस्तै हुँदा, हुमायुका प्वाख ।
तिम्रा पनि खप्परमा, सजाएर राख ।।
कम्युनिष्ट संस्कारमा, महाराजी सान ।
हद नाग्याे “महाराज !” अति भयाे मान ।।
चाैतारीमा बाबा भेटिए !
भञ्ज्याङमा बाबा भेटिए ।
जताततै बा नै बा छ, क्या मजाकाे सान ।
राम, सीता, लछुमन, वीर हनुमान ।।
षढ्यन्त्रका तानावाना, कपट् दाउपेच ।
दम्भ, घमण्डले छाेप, ललाट श्रीपेच ।।
चाैतारीमा बाबा भेटिए !
भञ्ज्याङमा बाबा भेटिए ।
[मन्थली भञ्ज्याङ, रामेछाप ।]
(२०७८ असाैज १६)