रामदले भाकालाई जीवन्त बनाउने प्रयासमा बुद्द राई र बसन्ता राई

  • सञ्चार लाइभ प्रकाशित : October 2, 2021
  • लिला श्रेष्ठ

नेपालको पुर्बी ओखलढुङ्गा,खोटाङ्ग साथै सुनकोसी/दूधकोसी नदि आसपासमा स्थानीय समुदायले जात्रा,बजार,मेलापातको बिशेष समयमा आफ्नो दुख पिडा भुलाउन गाईने पुर्बी लोकलयमा आधारित रामदाले भाका धेरै चर्चित मानिन्छ।

रामदले भाका मार्फत बिशेष गरि माइती चेलीको सुख दु:खका जिबन्त कथा,माया प्रेम,सामाजिक जीबन,व्यक्तिगत जीबन लगायतलाई मिहिन ढंगले स्थानीय भाषामा गाउने गरिन्छ । दु:ख सुख बिसाउने प्राकृतिक चौतारीको रुपमा प्रयोग गरिने रामदाले भाकालाई मनको कथा पोख्ने माध्यमको रुपमा लिने गरिन्छ ।
पछिल्लो यसै रामदाले भाकालाई संकलन गरेर गायक-संगीतकर्मी बुद्ध राई र बसन्ता राईको आवाज मार्फत सार्वजनिक गरिएको छ ।‘रामदले २ माइती चेली’ नाम दीएको गीतको अफिसियल म्युजिक भिडियो बुद्ध राईको आफ्नै युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द संकलन राज बहादुर राई “गहिरेली काइला” र जय कुमारी राई “झ्याई परी”ले गरेका छन् भने लय संयोजन सुमन राईको रहेको छ ।
गीतको स्टुडियो भर्सनको भिडीयो आए पनि भाकाले भने सबैको मन तान्ने राम्दाले भाका सुन्नेहरुले भनेका छन्। स्टुडियो भर्सनको भिडीयो छायांकन तथा सम्पादन सुमन मगरले गरेको हुन ।

(हेरौं रामदाले भाकामा आधारित म्युजिक भिडीयो)