जितेन्द्र बानियाको गजल संग्रह ‘देशको ऐना’ सार्वजनिक/ओखलढुङ्गा कला साहित्य समाजको अधक्ष्यमा राज राई

  • सञ्चार लाइभ प्रकाशित : October 3, 2021
  • लिला श्रेष्ठ

जितेन्द्र बानिया, ओखलढुङ्गा जिल्लाको साहित्य क्षेत्रमा परिचित नाम हो । बिशेष गरि बर्तमान गजल साहित्यमा उनलाई गजलका बाघ भन्दा फरक पर्दैन । ओखलढुङ्गा जिल्लाको सिद्दिचरण नगरपालिका ज्यामिरे स्थायी घर भएका उनी साहित्यमा सक्रिय रहँदै आएका छन् । सानो उमेरमै गीत, संगीत र साहित्यमा रुची राख्ने उनले गाउँघरमै प्राकृतिसंग मिल्दै साहित्यसँग मितेरी गाँसेका हुन् ।

विद्यालय जीवन देखि नै उनी भित्र साहित्यमा मोह जाग्यो । सुरुमा कबिता गीत लेख्न थाले अनि बिस्तारै गजल साहित्यमा कलम घोट्न लागे । उनी हाल सिर्जनाको काम गरिरहेका छन्। कहिले गीतहरु रेकर्ड गरेर त कहिले गीत, गजल र कबिता लेखेर । जितेन्द्र भन्छन् ‘जाने बुझेदेखि साहित्यलाई अंगालेको हुँ, जीवनको आखिरी सम्म यी दुबै साथीको रुपमा रहनेछन् ।’ उनि अहिले ब्यबसाय साथै साहित्य दुबै क्षेत्रलाई व्यवस्थित गर्दै अघि बढिरहेका छन् ।
लामो समय बैदेशिक रोजगारको क्रममा कोरिया रहेका उनले त्यहाँ रहंदा बस्दा पनि गजल साहित्यलाई छोडेनन। बिभिन्न संघ सस्थामा आबद्ध भएर आफ्नो सृजना प्रस्तुत गर्ने जितेन्द्रका फ्यान कोरियामा रहने नेपाली पनि टन्नै छन्।

ओखलढुङ्गा जिल्लाकै पछिल्लो पुस्ताका स्तरीय गजलकारको रुपमा स्थापित गजलकार तथा गीतकार जितेन्द्र बानियाले अहिले आफ्नो साहित्यिक जीवनको पहिलो कृति-गजल संग्रह ‘देशको ऐना’ सार्वजनिक गरेका छन्। काठमाडौं बौद्ध चुच्चेपाटी स्थित ज्योति पार्टी प्यालेसमा भएको ओखलढुङ्गा कला साहित्य समाजको दोस्रो अधिवेसनमा बानियाको गजल संग्रह लोर्कापण गरिएको हो।

ओखलढुङ्गाका जनगायक रामेश श्रेष्ठले एक समारोहकाबीच उक्त गजल संग्रह ‘देशको ऐना’ सार्वजनिक गरेका हुन्। देशको ऐना गजल संग्रहले देशकै यथार्थ चित्रण गरेको र वर्तमान राजनीति, सामाजिक विकृतिमा तिखो व्यंग्य प्रहार गर्दै साहित्य मार्फत सचेत समेत गराएका छन् उनले।

सोहि अवसरमा ओखलढुङ्गा जिल्लाकै संगीत साहित्यको अग्रणी सस्था ओखलढुङ्गा कला-साहित्य समाजको दोस्रो महाधिवेशनबाट गायक ,संगीतकर्मी राज राईको अध्यक्षतामा १७ केन्द्रिय सदस्यरहेको कार्य समिति चयन समेत गरिएको छ।

कार्यक्रममा संगीत साहित्य क्षेत्रमा योगदान गर्ने व्यक्त्ति सहित ओखलढुङ्गा कला साहित्य समाजलाई बिभिन्न ढंगले योगदान गर्ने सहयोगीलाई पनि सम्मान गरिएको थियो। विभिन्न राजनीतिक दल,सामाजिक संघ-सस्था लगायतको उपस्थिति रहेको उक्त्त कार्यक्रममा मनोरन्जनका लागि सांगीतिक कार्यक्रम पनि गरिएको थियो।

ओखलढुङ्गा कला साहित्य समाजका अध्यक्ष गम्बु शेर्पाको सभापतित्वमा सम्पन्न उक्त्त कार्यक्रममा ओखलढुङ्गा पर्यटन बिकास समितिका अधक्ष्य ङ्गवा ङ्गिमा शेर्पा, सहित ओखलढुंगा जिल्लाका कला साहित्य क्षेत्रका बिभिन्न ब्यक्त्तिहरु उपस्थित रहेका थिए।

-जितेन्द्र बानियाको गजल संग्रह ‘देशको ऐना’ तपाईलाई पनि पढ्न मन छ….? यो लिंक खोलेर सम्पर्क गर्नुहोस है ……..।-https://www.facebook.com/baniya.jitendra.9

(हेर्नुहोस कार्यक्रमका प्रतिनिधिमुलक तस्बिरहरु -)-