राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

  • सञ्चार लाइभ प्रकाशित : 11/29/2021
  • SancharLive

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका थिए । नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले एक सिफारिस सिमिति गठन गरेको थियो ।

दरखास्त आह्वान गर्दा १८ जनाले दावी पेश गरेकाम सिफारिस समितिले घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम राखेप सदस्य सचिवका लागि सिफारिस गरेको थियो ।

घिसिङ नेपाल रग्वि संघका अध्यक्ष हुन् । उनी नेकपा माओवादी केन्द्रको वागमती प्रदेश सचिवालय समितिका सदस्य पनि हुन् ।