ओखलढुंगाको लिखु-६ गामनाङ्गटार स्थित खाल्टे माटेवेसीमा मिनी महोत्सव हुँदै

  • सञ्चार लाइभ प्रकाशित : 11/29/2021
  • लिला श्रेष्ठ

ओखलढुंगा जिल्लाको लिखु गाँउपालीका ६ स्थित गामनाङ्गटार खाल्टे माटेवेसीमा अवस्थित सिद्धेश्वर महदेव मन्दिर परिसरमा महोत्सव हुने भएको छ । ओखलढुंगा र रामेछापको सिमाना रहेको लिखु किनारमा अवस्थित धार्मीक स्थल सीद्धेश्वर मन्दिरमा धार्मिक पर्यटन पर्वद्धन गर्ने उदेश्य सहित मंङसीर १६-१७ गते महोत्सव हुने भएको हो । स्थानिय जन जागरण युबा क्लबले आयोजना गर्न लागेको उक्त महोत्सवलाई पर्यटन मन्त्री प्रेम आलेले सम्बोधन गर्ने वडा अधक्ष्य समेत रहेका क्लबका सदस्य टिकाराम मगरले जानकारी दिएका छन् ।

मगरहरुको बस्ति रहेको उक्त्त स्थानमा परिवारका दिवंगत आफन्तहरुको आत्माको चिरशान्तिको निम्ति मन्दिरमा बत्ती बाल्ने र सतबिज छर्ने चलन रहेको छ । उक्त्त स्थानालाई चिनाउन महोत्सब गर्न लागिएको क्लबका सचिब गोपाल भट्टराईले बताएका छन्।

महोत्सबमा आकर्षणको लागि ख्याति कमाएका कलाकारहरुलाई समेत निम्ता गरिएको क्लबका अधक्ष्य सुनिल स्वरालीले जनाएका छन्। अहिले महोत्सबको प्रचार-प्रसार तिब्र पारिएको छ भने महोत्सब स्थल सजावट पनि गरिदै गरेको आयोजक सस्थाले जनाएको छ।