हर्नाज सन्धु बनिन् मिस युनिभर्स, २१ वर्षपछि भारतलाई यो उपाधि

  • सञ्चार लाइभ प्रकाशित : 12/18/2021
  • SancharLive

मिस युनिभर्सको २०२१ को उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन्।२१ वर्षपछि भारतले यो टाइटल हाल पार्न सफल भएको हो ।

यस अघि सन् २००० मा भारतकी लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।  सोमबार राति इजरायलको एयलाटमा सम्पन्न ७०औं मिस युनिभर्सको ग्रान्ड फिनालीमा भारतसहित पाराग्वे र दक्षिण अफ्रिका अन्तिम ३ मा प्रवेश गरेका थिए।

भारत पञ्जाबकी २१ वर्षिया सन्धुले सन् २०२० की मिस युनिभर्स एन्ड्रि मेजाबाट क्राउन पहिरिएकी हुन् ।  नेपालको तर्फबाट सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन्। यद्यपी, उनी अन्तिम १६ मा भने पर्न सकिनन् ।