तराईका जिल्लाहरुमा सीके राउतको पार्टीको प्रदर्शन, भ्रष्टाचारीलाई लखेट्नुपर्ने राउतको उद्घोष

  • सञ्चार लाइभ प्रकाशित : 01/15/2022
  • SancharLive
विभिन्न माग राख्दै किसान आन्दोलन गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टीले तराइका जिल्ला सदरमुकामहरुमा विशाल प्रदर्शन गरेको छ । पूर्वको झापादेखि बर्दियासम्म जनमत पार्टीले प्रदर्शन गरेको छ ।

जिल्ला सदरमुकारहरुमा प्रदर्शनका क्रममा राउत भने सिराहा पुगेका थिए । सिराहमा प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले २२ दिनसम्म किसानले आन्दोलन गर्दा पनि सरकारले माग पूरा नगरेको भन्दै आक्रोश पोखे । उनले किसानले अब भ्रष्टमन्त्री र नेताहरुलाई जनकारबाही गर्नुपर्नेसमेत उद्घोष गरे ।

उनले सिँचाइमा प्रयोग हुने विद्युतको मोटर समात्न आउने विद्युत प्राधिकरणका कर्मचारीमाथि जनकारबाही गरिने चेतावनीसमेत दिए । उनले राज्यले सिँचाइको सुविधान नदिने अनि किसाले पानी हाल्दा मोटर समात्ने भन्दै उनीहरुलाई जनकारबाही गर्नुपर्ने बताए ।

किसानका माग पूरा गर्नुपर्ने, भ्रष्टाचारीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखी जनमत पार्टीले आन्दोलन गर्दै आएको छ । सरकारले माग पूरा नगरे अब राजमार्ग बन्दमात्र नगरिने राजमार्गमै खाना पकाएर खाने राउतले बताएका छन् ।

तस्वीरहरु: राउतको फेसबुकबाट


भर्खर